Thursday, August 6, 2020

वर्तमान सरकार कतै सद्दामको पथमा त हिडेकाे छैन ?

No comments :
वर्तमान सरकार कतै सद्दाम पथमा त हिडेकाे छैन ?



    सद्दाम हुसेनका समर्थकहरुले "सद्दाम हुसेन- जिन्दावाद !" को नाराले आकाशसम्म थर्काइरहेका थिए । तर पुरै देशका जनता रोग भोकले त्राही-त्राही गरिरहेका थिए ।    मानिसहरूलाई एक छाकको खाना पनि बन्द भइसकेको थियो । 
एक दिन मानिसहरू सडकमा झुण्डका झुण्ड आएर उभिए । उनीहरु आफ्नो परिवारका सदस्यहरुको हात थामेर घरबाट बाहिर आएका थिए । आमाहरूले काखमा साना-साना बच्चाहरु थिए, पुरुषहरुले साना-साना बच्चाहरुको औंला समातेका थिए ।

    सडकमा आउनेहरु मध्ये बृद्ध बा- आमाहरु पनि थिए । जवान पनि थिए र युवतीहरु पनि । कुनै एक वर्ग समूह होइन, हर वर्ग समुहका मानिसहरु थिए । 
  मानिसहरू सडकमा निस्किनु संवत्: स्फुर्त थियो ।कसैले उनीहरुको नेतृत्व गरिरहेका थिएन, न उनीहरु कसैको नेतृत्व स्वीकार गर्न तयार थिए । बगदादका सडकहरु मनुष्यको भीड भरिए ।
  उनीहरू कुनै विद्रोही या क्रान्ति गर्न आएका थिएनन् । उनीहरु निहत्था थिए, उनीहरुले हात पछाडि बाधेर राखेका थिए । बच्चाहरुको पनि पछाडि बाधेको हातको औंला समातेका थिए ।
        मर्माहत दृश्य थियो ।
मिडियाकर्मीहरुको मन उनीहरूलाई देखेर पग्लिरहेको थियो ।
  मानिसहरुको मुखबाट निस्किरहेको थियोे - " हामी कुनै विद्रोह या क्रान्ति गर्न होइन, भोको पेटको लागि रोटी र रोगी शरीरको लागि औसधि माग्न आएका हौ ।"
"हामीलाई रोटी देउ, औसधि देउ ।"
   "हाम्रा बच्चाहरु भोका छन्, बिरामी छन् - उनीहरूको भोक र रोग हामीले देख्न सकिरहेका छैनौ ।"
सद्दाम हुसेनका सशस्त्र सेना र पुलिसहरु उनीहरूको बाटो रोक्न तीब्र रूपमा बढेर आएपछि पूरा जनसमुह सडकमा थचक्क बस्यो ।
     " हामी पहलपहमा मर्न चाहदैनौ, हामीलाई गोली हानेर मारिदेओ । हाम्रो जिन्दगी समाप्त गरिदेओ ।"
 सेना र पुलिसलाई देख्नेबित्तिकै नागरिकहरु गिड्गिडाएर मृत्यु माग्न सुरु गरे ।
भोकले आलसतालस भएका बच्चाहरु रुन थाले । उनीहरूको करुण रोदनबाट धर्ती-आकाश थर्किन थाल्यो ।
महिलाहरु छाती पिटि-पिटि- "मृत्यु देउ- मृत्यु देउ ।" भन्न थाले । पुरुषहरुले शिर ठोक्दै भन्न सुरु गरे- "गोली हान- मृत्यु देउ ।" 
  मिडियाले कभरेज गरिरहेको थियो । लाइभ टेलिकास्ट गरिरहेको थियो । 
    राजनितिज्ञहरुले सद्दामको अस्वीकारलाई "हठधर्मीता" को नाम दिए । बुद्धिजीविहरुले भने- सद्दाम हुसेन मानसिक रूपमा पुरै कमजोर भइसकेका छन्, इराकको आर्थिक कमजोरीको साथ- साथै सद्दाम हुसेनको सोच र बुझाइ पनि कमजोर भएको सज्ञा दिए ।
     बगदादका सडकहरुको भोक र मृत्युको मागको आवाज र दृश्य, आफ्नो महलमा बसिरहेका सद्दाम हुसेन र उनका परामर्शदाताहरुको दृष्टिमा पनि आइरहेको थियो । बच्चाहरुको करुण रोदन सुन्नेबित्तिकै सद्दामको मन एकदमै पग्लियो । 
    उनी जुरुक्क कुर्सीबाट उठे र अनायासै उनको मुखबाट निस्कियो- " बस भयो, अब भयो ।
    हात बाधेर उनी अशान्त हुदै यताउता हिड्दै फतफताउन थाले- " हे ईश्वर, म तिम्रो सामुन्ने कुन मुख लिएर आउ ?"
  उनी फरक्क फर्किए र घुडा टक्दै दुबै हात माथि उठाएर भन्न थाले- " हे परमेश्वर ! मलाई हिमत दिनुहोस् । म व्यक्तिगत स्वार्थका कारण हस्तक्षेपकारीहरुको विरुद्धमा लडिरहेको थिए तर मुलुका जनतालाई कुन आँखाले भोकै र औषधि  नपाएर मरिसकेको हेर्न सक्छु ? आज मेरो व्यक्ति स्वार्थ र घमण्डका कारण जनताले धेरै दुःखित छन् । अब मेरो एक मात्र बाटो छ- म घुडा टेकिदिन्छु । अन्ततः सद्दामले इराकी जनता सग माफी मागे ।

Tuesday, June 30, 2020

सलहले केही समयमै पारे मकैको बोट सकाप ।

No comments :
सलहले केही समयमै पारे मकैको बोट सकाप ।
लमही वडा नम्बर ८ मा भौका भनिने ठाउँमा सलह जातको फट्याङ्ग्राले आज १६ गते किसानहरूको बाली सखाप पारेको छ यसअघि यसरी बाली खाएको नेपालमा देखिएको थिएन।
यसअघि देशका विभिन्न भागमा देखापरे पनि यसरी बाली खाएको भन्ने खबर आएको थिएन ।
प्रिया स्मृति गजमेरले यस विषयमा आफ्नो फेसबुकमा एक मिनेट लामो भिडियो हाल्नु भएको छ ।



दाङको लमहीमा देखिएको सलह हजारौंको संख्यामा रहेको छन् । सलहले केही समयमा नै मकैको पात खाएर मकैको बोट नष्ट गरिदिएको भिडियो मा देखिन्छ ।



लकडाउन ले गर्दा सारा नेपालीले तीन महिनादेखि दुख पाइरहेका छन् र फेरी किसानहरुलाई प्रत्यक्षरुपमा मार्क पर्नेगरी सलह देश भित्रिएको छ जसको प्रभाव आम नेपाली जनतालाई पर्नेछ।


विज्ञहरुका अनुसार सलह करोडौँ संख्यामा एकैचोटी हिंड्छन् र नेपालमा देखिएको समूह ठुलो समुहबाट छुटेर आएको सानो समूह हो र नेपालमा धेरै असर नगर्ने बताएका छन् हावाको दिशा परिवर्तन भएसँगै सलह किरा नेपालबाट हराउने उनीहरूको भनाइ छ । आश गरौ नेपाल बाट चाडैं जानेछ नत्र नेपालमा अनिकाल पनि निम्त्याउन सकने छ्न।
सरकारले सलह नियन्त्रण गर्न ठोस कदम चाल्नु पर्ने देखिन्छ , किट्नास्क औषधि प्रयोग गर्दा अन्य चराहरुलाई र बाताबरणलाई नै आसर गर्ने देखिन्छ ।

Monday, June 29, 2020

कविता

No comments :
म त एउटा बाहिरबाट चावी लाएको 
घरभित्र एक्लै बसिरहेको छु
यी आँसु अनि पिडासितको यो दोस्ती तोडि
त्यी हासो अनि खुशीसित मीत लाउन खोज्दै छु।



म यहादेखि त्यहाँ र त्यहाँदेखि याहा गर्दागर्दा
घुडा भुइँमा कयौंपटक धस्सिएका छन 
तर दुखेका छैनन् 
किनकि सानैदेखि घस्रीदा घसृदै मासु मर्दैमर्दै गरेकोले घुडाहरु बानी परेका छन् 
अनि त्यही घुडाहरु आज पनि घिसर्दै घिसर्दै यताउता गर्दै छि।

म आज एकलै भएको पनि
धेरै भएछ क्यार
अनि म यताउता गरेको पनि 
धेरै भएछ क्यार

मुखबाट बगिरहने र्यालले 
मुख हुदै छाती भिजिसक्यो
शरिरबाट बग्ने पिसाबले
सुरवाल भिज्दैभिज्दै घर दङदङ गनाइसक्यो
प्यासले घाँटी सुकिसक्यो अनि 
भिक्ले भुँडी कराइसक्यो।

मेरो यो अवस्था बुझी 
न त भाइ आउँछ 
न त आमा नै 
न त बुबा आउनुहुन्छ 
न त अरु कोहि नै 

सधैंभरि यस्तै एक्लै त हो म 
फरक यति न हो कि 
त्यो साचो कहिले ढिलो खुल्ल त 
कहिले चाडै 
जहिले घाम न अस्ताउदै खुल्ला त 
कहिलेकाही रातको निन्द्रामा म उङ्दै।

साच्ची 
आज त दशैको दिन 
सबैले मैले जस्तो 
रातो टीका अनि जमरा लाउने दिन
अनि सबैले मेरो भाइले जस्तै नयाँ लुगा लाउने दिन
येस्तो सबैलाई भेटी टीका लाउने दिनमा 
म चै एक्लै बसिरहेको छु र
पोहोर साल झै रात पर्ने बेलामा मात्र खुल्ने त्यो 
ढोकालाइ हेरि 
कतिबेला रात पर्छ कुरि रहेछु।

कहिलेकाही मलाई लग्ने गर्छ 
मेरा हातखुट्टा नचली बोली न आउनु दुख होइन
तर मेरा हातखुट्टा चल्दैन्न र बोल्न पनि सक्दिन भनी
एक्लै राख्दिनु अनि मलाई सबैले येस्तो अवस्थालाई नै ताकेर जिस्क्याउनु दुख हो 
अनि घरमा सबै भएको बेला मलाई एक्लै कोठामै 
थुनेर राख्नु दुख हो 
अनि यो दसौं आउनु पनि दुख होइन तर 
यो दसौंमा म एक्लै हुदै भोक प्यासले छट्पटीएर यताउता छट्पटिरहनु दुख हो
अनि सबैले झै मैले पनि आफ्नो ममिबाबाशीत बस्न नसक्नु दुख हो ।


मेरा चै ती दिन कहिले आउछन् ह?
जहाँ मेरा साथीहरु मेरा ओरिपरी बसुन
अनि २/४ कुरा मशीत गर्दागर्दै 
मलाई थुप्रै कुरा सिकाउन 
अनि यो व्हील चियरमा रखेर मलाई 
यो घरबाट ताडा लगिदिउन
साच्चै मलाई त्यस्तो साथीहरूको साथ चाहिएको छ 
जस्ले मलाइ घरदेखि समाजसम्म झोडाइदिन
सकोस 
अनि यी दशै र यि तिहार 
मेरो लागि चै कहिले आउलान ह?
जहाँ अरुसङ्गै म रमाउन सकू
अनि अरुले ज
आइदिए
अनि होलिमा मेरो अनुहार भरी रङ्ग दल्दिए 
कस्तो हुन्थ्यो होला ?

त्यो भविले मेरो यस्तै भाग्य रेखा कोर्दिएर हो?
कि मैले पुर्वीया जन्ममा धेरै पाप गरेर हो?
म यस्तो भएको थाहा छैन मलाई 
मेरा अरुसित हासेर खेलेर बस्ने रहर कहिलै पुरा नहुँदा 
अनि म यो मान्छे नै मान्छेले भरिएको घर 
घरै घरले भरिएको समाज 
र समाजै समाज्ले भरिएको देशमा 
मलाई चै कसैले नि 
म एकलै भएको छु 
म एक्लै भएको छु।

Saturday, June 20, 2020

रमेश प्रसाईले सरिता गिरि विरुद्ध जाहेरी दर्ता गराए ।

No comments :
सामाजिक सञ्जालबाट चर्चित भएका रमेश प्रसाई ले टेकु प्रहरी कार्यालयमा सरिता गिरि विरुद्ध जाहेरी दर्ता गराएका छन् र आज दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन पनि राखेका छन ।


यस सूचना लोकप्रिय सिधाकुरा जनता संग का निर्माता दीपक बोहराले आफ्नो फेसबुकमा स्टाटस हाली जानकारी दिएका छन ।


Wednesday, June 17, 2020

युद्धमा २० भारती सैनिकको ज्यान गयो ।

No comments :


भारत र चाइना बीच १५ देखि १६ जुनमा गलवान इलाकामा भएको भिडन्तमा भारती सेनाको वक्तव्य अनुसार जम्मा २० भारतिय सैनिकको ज्यान गएको छ यस भिडन्तमा ढुङ्गाको प्रयोग भएको थियोे । 
सुरुमा ३ सैनिकको मरिएको खबर हिजो मिडियामा आएको थियो र घाइते थप १७  सैनिकको ज्यान गएको ।
भारतले जमिन मिचेर सडक बनाएपछि विवाद बढेकाे थियो।




यस समन्दी समाचार भारत र नेपाली मिडिया मा आइसकेको छ।


Monday, June 15, 2020

Happy Birthday जितु नेपाल (मुन्द्रे)

No comments :

नेपालका चर्चित हाँस्य कलाकार जितु नेपाल "मुन्द्रे" को जन्म २०३२ सालमा भएको हो ।



dipak raj giri 
संघर्षको त्को कठोर दिनमा एउटै थालमा बॉडेर खायौ 
किनकि टन्न खान पैसा पनि हूंदैनथ्यो !!!
दिनभर रेडियो, टेलिभिजन, डाइरेक्टरका घर घरमा जानु पर्थो 
राति सुत्ने निश्चित ठॉउ थिएन त्यसैले तपाइको दाइको घर हाम्रो शरणार्थी शिविर थियो !!!
पैसा हूदॉ लजमा, नत्र कहिले कॉहा , कहिले कॉहा 
संघर्षको त्यो दिन देखि आज सम्म पनि हाम्रो मित्रता, सहकार्य चलि रहेको छ 
यो एक प्रकारको दूर्लभ मित्त्रता हो ...सायद यो इश्वरको आशीर्वाद नै हो !!!
तपाइको प्रगतिको ग्राफ़ मेरो भन्दा धेरै अग्लो छ , प्रेरणादायी छ !
सकारात्मक इखले मान्छेलाइ मान्छे बनाउछ भन्ने उदाहरण हो तपाइ , 
धेरै पल्ट ,धेरैले ,धेरै ठॉउबाट तपाइलाइ अपमानित गरे तपाइले बिचलित नभइ त्यसलाइ इख को रूपमा लिएर हरेक दिन आफूलाइ तैयार गर्दै जानु भो र त्यसको नतीजा आज हामि सबैको अगाडि छ!
सिन्धुपाल्चोक जिल्लाको बिकट गॉउको बिपन्न परिवारको एक सामान्य बयक्ति आज राष्ट्को होनहार कलाकार भएको छ , 
स्टेज शो हरूमा जो कोहि तपाइका अगाडि टिक्न सक्दैनन् 
मनोरन्जन को दुनियॉका बारेमा केहि लेख्दा तपाइको नाम छुट्नै सक्दैन!!
असाध्यै मिलनसार, सबैलाइ खुशि बनाउन सक्ने क्षमता भएका  मेरा मित्र जीतू नेपालको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा यी पूरानी कुरा सम्झदै जन्मदिनको लाखौ लाख शुभकामना अर्पण गर्न चाहन्छू 
हाम्रो यो पूरानो मित्रता, सहकार्य , सद्भाब सधै रहि रहोस 
तपाइको सुस्वास्थ्य तथा दिर्घायूको कामना गर्दछू!!!

खासमा MCC के हो जान्कारी लिनुस

No comments :

आखिर के हो त MCC?


MCC अर्थात Millennium Challenge Corporation भनेको अमेरिकाको House of Representative र Senate दुबै साधनबाट पारित भएको एक संस्था हो।

जसरि USAID नामको विश्वमा रहेका विभिन्न देशहरुलाई सहयोग गर्दै आएको छ यसैगरी MCC पनि सहयोगको लागि नै सन् २००४ मा स्थापना गरिएको एक संस्था हो।

अमेरिकाले भोगेको ९:११ को आतंककारी हमला पछि आतंकबादको एउटा ठुलो कारण अल्पविकास पनि हो भन्ने कुराले बडो महत्त्व पायो। फेरि पनि येस्तो आतंककारी हमला रोक्न, सक्तिशाली अर्थतन्त्रका कारण अमेरिकाले अलि बढी उधार भएर अल्पविकसित देशहरुलाई सहयोग गर्नुपर्यो भन्ने दबाब अन्तरास्ट्रिय स्तरमा पर्न थालेपछि MCC को स्थापाना गरियो।

MCC ले अहिले विश्वभरको लोकतान्त्रिक सुधरिकरण, कानुनि शासन, जनताको राजनीतिक अधिकार, शिक्षा, स्वास्थ्य, बिधुत प्रसारण, जमिनको सदुपयोग र अधिकार, खानेपानी आदि जस्ता बिषयमा विश्वमा रहेका ७७ वोटा देशमा MCC ले १३ अरब अमेरिकी डलर भन्दा बढी रकम सहयोग गर्दै आएको छ। MCC को सहयोग पाउनका लागि कुनै पनि राष्ट्रले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित महत्वपुर्ण मापदण्ड पास गर्नु पर्दछ।


नेपालमा MCC को इतिहास के छ त?

नेपालमा भने MCC को आगमन १० बर्से जनयुद्ध पछि भएको थियो। MCC को लागी कुनैपनि देशले विभिन्न चरणमा पार गर्नै पर्ने हुन्छ। पहिलो चरणलाई Threshold(जसरी १ पार्टीले चुनाव लड्दा कम्तीमा नि ३ % भोट लाउनुपर्ने हुन्छ तेस्तो , कम्तीमा नि यो पूरा गर्नु पर्छ ) भनिन्छ र यस चरणमा MCC ले सानो सहयोगको कार्यक्रम राखेको हुन्छ।

नेपालमा द्वन्द्व पछि सन् २०११ मा Threshold को सानो कार्यक्रम संचालन भएको थियो। प्रस्तुत कार्यक्रम सफलतापूर्ण सम्पन्न भएपछी दोश्रो चरणको Compact परियोजना सन् २०१२ मा सुरु गर्ने भनिएको थियो। सन् २०१५ मा औपचारिक रुपमा Office of Millennium Challenge Nepal गठन भयो, जसमार्फत MCC ले करिब ५० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने र उक्त रकम नेपालको उर्जा तथा यातायात क्षेत्र बिकासको लागि खर्च गर्न सकिने बताइयो। सम्झौता लागु भएको ५ बर्ष भित्र कार्य सम्पन्न गरि सक्नु पर्ने उल्लेख छ। नेपाल सरकारले आफ्नो तर्फबाट १३ करोड डलर प्रसारण लाइन र सडकस्तर उन्नतिको लागी सहलागानी गर्नु पर्क्छ ।

MCC को बारेमा बुझ्नु पर्ने केहि महत्वपूर्ण बुंदाहरु:

1. MCC एउटा अनुदान हो ऋण हैन। नेपालले यो रकम अमेरिकी सरकारलाई फिर्ता गर्नु पर्दैन।

2. MCC ले नेपालमा कुन परियोजनामा खर्च गर्ने भन्ने बिषयमा नेपाल सरकार आफैले निर्णय गर्ने हो, तसर्थ यसको योजना देखि लिएर कार्यान्वयन सम्म कुनै पनि अबस्थामा अमेरिकी सरकारको हस्तक्षप गर्न पाउने छैन। यस अनुदानको ३० देखि ३५ करोड डलर प्रसासन लाइन र सबस्टेशनमा खर्च हुनेछ। ५ करोड डलर बराबरको रकम सडक सुधारमा र यसैगरी प्रभिधिक सहयोग भनेर विधुत प्राधिकरण र बिधुत आयोगले २.५ करोड डलर सहयोग पाउने छन्। यसको ६-७ प्रतिसत रकम प्रसासनिक क्षेत्रमा जैनछ।


सामाजिक संजालमा यास्लाई लिएर निकै ठुलो भ्रम फैलिएको छ । तर यस्ता उल्लेखित परियोजनामा खर्च गर्ने निर्णय नेपालबाट नै भएको हो। भ्रमहरु जस्तै डांडा कब्जा गरि यहाँ satellite प्रणालीबाट क्षप्रास्त प्रहार गर्ने स्टेशन बनाउने अमेरिकी तयारी, परियोजनामा केन्द्रित ३ जील्लामा आर्मी सिबिर बनाउने अमेरिकी तयारी जस्ता आदि सम्झौतामा नरहेको कुरामा पनि हामि सचेत रहनु पर्छ।

3. MCC परियोजनाका tender हरु खुल्लाका साथै सबैका लागि उपलब्ध हुनुपर्छ र संसदबाट पनि पारित हुनुपर्छ।

4. नेपालको आर्थिक उन्नति बिधुत बेचेर मात्र सम्भाव छ भनेर गफ दिए पनि भारतसंग प्रसारण लाइन नबनाई यो सम्भाव छैन। सम्झैताको अनुसूची ५ को '' का अनुसार प्रसारण लाइनको लागि नेपालले भारतसंग स्वीकृति लिनुपर्ने छ। अन्य परियोजनाका लागि नेपालले भारतसंग पूर्व स्वीकृति लिनु पर्ने छैन। तसर्थ भारतलाई बेचीने बिदुत को लागि भारत बिना MCC को बिधुतिय परियोजना सम्भब नरहेको कुरामा हामी सचेत रहनु पर्छ।

5. दफा ३.८ '' का अनुसार नेपालको महालेखा परिक्क्षकको कार्यालयले लेखा परिक्षण गर्न रोक लाग्ने छैन। तसर्थ लेखा परिक्षण अमेरिकाकै संस्थाबाट गराउनुपर्छ र आफ्नो मुद्रा परेको परियोजनामा पनि नेपालले परिक्षण गर्न पादैन भन्ने किसिमका समाचारहरु सबै झुटा हुन्।

6. सम्झौताको धारा ५ दफा '' का अनुसार एक पक्षले अर्को पक्षलाइ ३० दिनको लिखित सूचना दिई पूर्ण रुपमा बिना कुनै कारण यो सम्झौता अन्त्य गर्न सक्ने छ। तसर्थ नेपालको पनि यस सम्झौतामा दरिलो अवस्था छ। यदि कुनै पनि बिषय हाम्रो राष्ट्रिय अखंड़ता या अन्य कुनै राष्ट्रियता बिरुद्धमा भएमा यसलाई खारेज गर्दा कुनै पनि किसिमको ठुलो समस्या आई नपर्ने अवस्था देखिन्छा।

7. MCC IPS (Indian Pacific Strategy) दुई बीच प्रस्ट लिंक सम्झौतामा कतै पनि देखिदैन। MCC को स्थापना गर्दा IPS को अबधारणा बनेकै थिएन। IPS अमेरिकाका हाल रास्ट्रपतिको एक master-plan हो भनिदै आएको छ। Asia-pacific क्षेत्रमा चीनको Belt road initiative लाई चुनौती दिन अमेरिकी शक्ति कायम गर्ने उदेस्यले Trump ले IPS को अबधारणा सूचक गरेको भन्ने बिस्वास पनि छ। यदि MCC IPS को अंग हो भने पनि हामी डराउनु पर्दैन किनकि हामीले सम्झौतामा लिखित कुराहारु मात्र पालन गर्नुपर्ने हो। अन्य कुराहरु सम्झौतामा छैनन्। यदि कुनै पनि कुरा राष्ट्रघाती हुने देखिएमा हामीले यो सम्झौता खारेज गर्न पनि सकिन्छ र यो कुरा सम्झौतामा नै उल्लेख गरिएको छ। अन्तय मा MCC मा विविध भनिएका बुदा हरुलाई स्पष्ट रूपमा पुर्न लेखन गरि , अनुमोदन गर्दा राम्रो हुन्छ र नेकपा कांग्रेस लगायत पार्टीका शीर्ष नेता MCC कै पक्छ्य्मा छ्न तर सम्पुर्ण नेपाली मा MCC को बारेमा भ्रम रहेकाले गर्द MCC पास गरे सरकारनै जनताले ढाल्न सक्ने देखिन्छ






सरिता गिरिलाई जनता समाजबादी पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको खबर आएको छ। Sarita Giri

No comments :
भीम उपाध्याय ले आफ्नो फेस्बुकामा लेख्नुभएको छ 
"" समानुपातिक सांसद सरिता गिरिलाई जनता समाजबादी पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको खबर आएको छ। अब उनको सांसद पद स्वत: सोत्तर हुन्छ। बुहारी सदाका लागि ढाक्रे भईन्, घरगर्न थुतुनो ठेगानमा नराख्दा।


यो दलको एकदम स्वागतयोग्य कार्यवाही हो। उत्ताउली बिदेशी बुहारीलाई घरका परिवारले ढाड घोटेर जम्मा पारेको धनले मासिक लाखौं रकम दिएर पालिरहने कुरै हुदैन। घर मन परेन भने बुहारीले घरमा रहन बाध्य हुन पर्दैन तर घर भॉड्न दिईनु हुदैन।""

यो खबर सत्य भए एकदम राम्रो निर्णय जन्ता समाज्बादी ले गरेको मन्नु पर्छ , येहि पार्टीका राजेन्द्र महत्त्वले र उपेन्द्र यादवले नि नेपालको पक्षमा सांसद भवनमा  बोल्दै धेरै नेपालीको मन जित्न सफल भएका छ्न डाक्टर बाबुराम भट्टराईले हिमाल पाहाड तराई सबै मिली अगि बढनु पर्ने कुरा धेरै अगि देखि राखदै आएका थिए र भर्खरै उनी यस पार्टी सङ मिलेपछी मदेसी दल्का सांसद हरु देशभक्तले भरिपुर्ण संदेश दिन थलेका छ्न र आफ्नो पार्टीलाई नेकपा र कांग्रेसको विकल्प मन्ने गरेका छ्न ।


महतो को हाल्साल्को टुइटरमा येस्तो लेख्या छ्न 



Saturday, June 13, 2020

आन्दोलनमा राष्ट्रिय गान गुन्जिन सुरु भए पछि ऊनी ठक्क रोकिए, अनि सेल्युट गरे। बाँकी प्रहरीले पनि उनलाइ साथ दिदै लयमा लय मिलाए।

No comments :
एक जना युवकले हातमा माइक लिएर राष्ट्रीय गान गाउन सुरु गरे।
आन्दोलनलाई नियन्त्रण गर्नका लागि एसपी सुमेन्द्र सिंह राठौर खटिएका थिए।
राष्ट्रिय गान गुन्जिन सुरु भए पछि ऊनी ठक्क रोकिए, अनि सेल्युट गरे। बाँकी प्रहरीले पनि उनलाइ साथ दिदै लयमा लय मिलाए।



गूँजियो: सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली ...

यसरी प्रहरी र आन्दोलनकारीले सँगसँगै राष्ट्रिय गान गाउदै आजको आन्दोलन बिसर्जन गरे।
आन्दोलनमा यस्ता दृष्य दुर्लभ मात्र देख्न पाइन्छ।
#NewKindOfProtest
Inspired by Saroj Gautam’s FB post

कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानकालागि संसद् जादै।

No comments :
कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानका लागि संसद् जादैछु।घरभित्रका अनेकन विषयमा सरकारसंग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिनेछौँ।
जय नेपाल!


Friday, June 12, 2020

The situation for the Indian agent leaving Nepal has come.

No comments :
Nepal needs a political party where there is no Indian agent or a new political party that has a patriotic attitude towards the country. why we support those party who keep Indian agents either on Nepali congress or in Maoist or any other party. so, Nepalese now the time has been arrived to show the patriotic towards nation. staying in Nepal and earning little in homeland means great achievement for both the nation and people.




Protesting alone is not enough to change the government. If we want to see Nepal develop, we must first expel Indian agents from Nepal. Every political party in Nepal has Indian agents. We have received evidence from one party that other agents are patriotic only to get votes in elections.



Now Nepal wants a new political party without Indian agents or needs a direct election system. So far we have forgiven, now we do not. If you want to win the election, get rid of Indian agents and corrupt people first. Only then will we vote for you.
These political parties never forget their behavior. So Nepali citizens should think about direct elections or a new political party. Only then will Nepal be prosperous. Let's build Nepal together.