Monday, June 15, 2020

Happy Birthday जितु नेपाल (मुन्द्रे)

No comments :

नेपालका चर्चित हाँस्य कलाकार जितु नेपाल "मुन्द्रे" को जन्म २०३२ सालमा भएको हो ।



dipak raj giri 
संघर्षको त्को कठोर दिनमा एउटै थालमा बॉडेर खायौ 
किनकि टन्न खान पैसा पनि हूंदैनथ्यो !!!
दिनभर रेडियो, टेलिभिजन, डाइरेक्टरका घर घरमा जानु पर्थो 
राति सुत्ने निश्चित ठॉउ थिएन त्यसैले तपाइको दाइको घर हाम्रो शरणार्थी शिविर थियो !!!
पैसा हूदॉ लजमा, नत्र कहिले कॉहा , कहिले कॉहा 
संघर्षको त्यो दिन देखि आज सम्म पनि हाम्रो मित्रता, सहकार्य चलि रहेको छ 
यो एक प्रकारको दूर्लभ मित्त्रता हो ...सायद यो इश्वरको आशीर्वाद नै हो !!!
तपाइको प्रगतिको ग्राफ़ मेरो भन्दा धेरै अग्लो छ , प्रेरणादायी छ !
सकारात्मक इखले मान्छेलाइ मान्छे बनाउछ भन्ने उदाहरण हो तपाइ , 
धेरै पल्ट ,धेरैले ,धेरै ठॉउबाट तपाइलाइ अपमानित गरे तपाइले बिचलित नभइ त्यसलाइ इख को रूपमा लिएर हरेक दिन आफूलाइ तैयार गर्दै जानु भो र त्यसको नतीजा आज हामि सबैको अगाडि छ!
सिन्धुपाल्चोक जिल्लाको बिकट गॉउको बिपन्न परिवारको एक सामान्य बयक्ति आज राष्ट्को होनहार कलाकार भएको छ , 
स्टेज शो हरूमा जो कोहि तपाइका अगाडि टिक्न सक्दैनन् 
मनोरन्जन को दुनियॉका बारेमा केहि लेख्दा तपाइको नाम छुट्नै सक्दैन!!
असाध्यै मिलनसार, सबैलाइ खुशि बनाउन सक्ने क्षमता भएका  मेरा मित्र जीतू नेपालको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा यी पूरानी कुरा सम्झदै जन्मदिनको लाखौ लाख शुभकामना अर्पण गर्न चाहन्छू 
हाम्रो यो पूरानो मित्रता, सहकार्य , सद्भाब सधै रहि रहोस 
तपाइको सुस्वास्थ्य तथा दिर्घायूको कामना गर्दछू!!!

No comments :

Post a Comment