Showing posts with label Other. Show all posts
Wednesday, June 10, 2020
२० अन्धविश्वास जुन अहिलेसम्म पनी नेपाली समाजमा चलिरहेका छन
नेपाली समाजमा अहिले पनि एस्ता अन्धविश्वास छन जुन पछाडिको कारण ठ्याक्कै येहि हो भनेर ठम्याउन सकिदैन । अहिलेका नयाँ पुस्ताहरुले यो कुरामा बिश्वास नगरे पनि काममा भने लागू गरिरहेका नै हुन्छन। कुनै बुढापाका भएका नेपाली परिवारमा त येस्तो सम्म हुन्छ कि अहिलेका पुस्ताहरुले उनीहरुकै डरले पनि यो कुराहरूलाई मान्नैपर्ने हुन्छ।
एस्मै अर्को रोचक कुरा के छ भने जो सुकै मै हु भन्ने नेपाली ले पनि यो कुरा कहि न कहि मानी नै रहेको हुन्छ। यी कुराहरुले मन्छेको मनमा डर पैदा गर्ने मात्र काम गरिरहेका छन। जो सुकैलाई पनि घर देखि बाहिर केहि कामको लागि निस्किसके पछि फेरि फर्किन डर लाग्छ लाग्छ, हिंड्दाहिंड्दै बिरालोले बाटो काटो भने पनि हाम्रो मनमा कहि न काहि डर उब्जिहाल्छ, महत्त्वपूर्ण काममा हिदेको बेला रित्तो गाग्री देख्दा पनि डर लागि नै हाल्छ।
यस्तै २० अन्धविश्वासहरू जस्ले नेपालीको मनमा डर पैदा गर्दै आएको छन...
कहिले पनि हातमा खोर्सानी दिनुहुँदैन
ढोकामा उभिएर बोल्नु हुँदैन
कसैलाई पनि काहा जन लागेको भनेर सोध्नु हुँदैन
टाउकोमा हाथ राख्नु हुँदैन
घर भित्र सुसेल्नु हुँदैन
राती कुचो लगाउनु हुँदैन नत्र लक्ष्मी रिसाउछिन
खाना एक पटक मात्र पस्कनु हुँदैन
घाटी छोएपछि फू गर्नुपर्छ
दुई जनाको टाउको ठोक्यो भने फेरि ठोक्याउनुपर्छ
राती नङ काटनु हुँदैन
बिहिवार र सनिवार घरबाट बाहिर निस्किन हुँदैन
बिहानिपख देखेको सपना कसैलाई भन्न हुँदैन
जन्मेको महिना र जन्मबार नङ र कपाल कत्न हुँदैन
पैसा दान गर्दा होस वा सहयोगमा गर्दा अन्तिममा ० भको अङ्क दिनु हुँदैन
खाना खादा हातले टेक्नु हुँदैन
बाटामा पैसा भेटाेे भने खुट्टाले टेकेर मात्र तिप्नुपर्छ
उल्टो चप्पल हेर्न हुँदैन
राती जुठाे भाठाकुठा राख्न हुँदैन
नराम्रो सपना देख्यो भने सिराने मुनि हतियार राखेर सुत्नुपर्छ तेस्तो सपना देखिदैन
धेरै समय नभेटेको छ भने मंग्लवार आमा छोरा भेट्न हुँदैन
Subscribe to:
Posts
(
Atom
)