Thursday, August 6, 2020
वर्तमान सरकार कतै सद्दामको पथमा त हिडेकाे छैन ?
वर्तमान सरकार कतै सद्दाम पथमा त हिडेकाे छैन ?
सद्दाम हुसेनका समर्थकहरुले "सद्दाम हुसेन- जिन्दावाद !" को नाराले आकाशसम्म थर्काइरहेका थिए । तर पुरै देशका जनता रोग भोकले त्राही-त्राही गरिरहेका थिए । मानिसहरूलाई एक छाकको खाना पनि बन्द भइसकेको थियो ।
एक दिन मानिसहरू सडकमा झुण्डका झुण्ड आएर उभिए । उनीहरु आफ्नो परिवारका सदस्यहरुको हात थामेर घरबाट बाहिर आएका थिए । आमाहरूले काखमा साना-साना बच्चाहरु थिए, पुरुषहरुले साना-साना बच्चाहरुको औंला समातेका थिए ।
सडकमा आउनेहरु मध्ये बृद्ध बा- आमाहरु पनि थिए । जवान पनि थिए र युवतीहरु पनि । कुनै एक वर्ग समूह होइन, हर वर्ग समुहका मानिसहरु थिए ।
मानिसहरू सडकमा निस्किनु संवत्: स्फुर्त थियो ।कसैले उनीहरुको नेतृत्व गरिरहेका थिएन, न उनीहरु कसैको नेतृत्व स्वीकार गर्न तयार थिए । बगदादका सडकहरु मनुष्यको भीड भरिए ।
उनीहरू कुनै विद्रोही या क्रान्ति गर्न आएका थिएनन् । उनीहरु निहत्था थिए, उनीहरुले हात पछाडि बाधेर राखेका थिए । बच्चाहरुको पनि पछाडि बाधेको हातको औंला समातेका थिए ।
मर्माहत दृश्य थियो ।
मिडियाकर्मीहरुको मन उनीहरूलाई देखेर पग्लिरहेको थियो ।
मानिसहरुको मुखबाट निस्किरहेको थियोे - " हामी कुनै विद्रोह या क्रान्ति गर्न होइन, भोको पेटको लागि रोटी र रोगी शरीरको लागि औसधि माग्न आएका हौ ।"
"हामीलाई रोटी देउ, औसधि देउ ।"
"हाम्रा बच्चाहरु भोका छन्, बिरामी छन् - उनीहरूको भोक र रोग हामीले देख्न सकिरहेका छैनौ ।"
सद्दाम हुसेनका सशस्त्र सेना र पुलिसहरु उनीहरूको बाटो रोक्न तीब्र रूपमा बढेर आएपछि पूरा जनसमुह सडकमा थचक्क बस्यो ।
" हामी पहलपहमा मर्न चाहदैनौ, हामीलाई गोली हानेर मारिदेओ । हाम्रो जिन्दगी समाप्त गरिदेओ ।"
सेना र पुलिसलाई देख्नेबित्तिकै नागरिकहरु गिड्गिडाएर मृत्यु माग्न सुरु गरे ।
भोकले आलसतालस भएका बच्चाहरु रुन थाले । उनीहरूको करुण रोदनबाट धर्ती-आकाश थर्किन थाल्यो ।
महिलाहरु छाती पिटि-पिटि- "मृत्यु देउ- मृत्यु देउ ।" भन्न थाले । पुरुषहरुले शिर ठोक्दै भन्न सुरु गरे- "गोली हान- मृत्यु देउ ।"
मिडियाले कभरेज गरिरहेको थियो । लाइभ टेलिकास्ट गरिरहेको थियो ।
राजनितिज्ञहरुले सद्दामको अस्वीकारलाई "हठधर्मीता" को नाम दिए । बुद्धिजीविहरुले भने- सद्दाम हुसेन मानसिक रूपमा पुरै कमजोर भइसकेका छन्, इराकको आर्थिक कमजोरीको साथ- साथै सद्दाम हुसेनको सोच र बुझाइ पनि कमजोर भएको सज्ञा दिए ।
बगदादका सडकहरुको भोक र मृत्युको मागको आवाज र दृश्य, आफ्नो महलमा बसिरहेका सद्दाम हुसेन र उनका परामर्शदाताहरुको दृष्टिमा पनि आइरहेको थियो । बच्चाहरुको करुण रोदन सुन्नेबित्तिकै सद्दामको मन एकदमै पग्लियो ।
उनी जुरुक्क कुर्सीबाट उठे र अनायासै उनको मुखबाट निस्कियो- " बस भयो, अब भयो ।
हात बाधेर उनी अशान्त हुदै यताउता हिड्दै फतफताउन थाले- " हे ईश्वर, म तिम्रो सामुन्ने कुन मुख लिएर आउ ?"
उनी फरक्क फर्किए र घुडा टक्दै दुबै हात माथि उठाएर भन्न थाले- " हे परमेश्वर ! मलाई हिमत दिनुहोस् । म व्यक्तिगत स्वार्थका कारण हस्तक्षेपकारीहरुको विरुद्धमा लडिरहेको थिए तर मुलुका जनतालाई कुन आँखाले भोकै र औषधि नपाएर मरिसकेको हेर्न सक्छु ? आज मेरो व्यक्ति स्वार्थ र घमण्डका कारण जनताले धेरै दुःखित छन् । अब मेरो एक मात्र बाटो छ- म घुडा टेकिदिन्छु । अन्ततः सद्दामले इराकी जनता सग माफी मागे ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment