Monday, June 29, 2020
कविता
म त एउटा बाहिरबाट चावी लाएको
घरभित्र एक्लै बसिरहेको छु
यी आँसु अनि पिडासितको यो दोस्ती तोडि
त्यी हासो अनि खुशीसित मीत लाउन खोज्दै छु।
म यहादेखि त्यहाँ र त्यहाँदेखि याहा गर्दागर्दा
घुडा भुइँमा कयौंपटक धस्सिएका छन
तर दुखेका छैनन्
किनकि सानैदेखि घस्रीदा घसृदै मासु मर्दैमर्दै गरेकोले घुडाहरु बानी परेका छन्
अनि त्यही घुडाहरु आज पनि घिसर्दै घिसर्दै यताउता गर्दै छि।
म आज एकलै भएको पनि
धेरै भएछ क्यार
अनि म यताउता गरेको पनि
धेरै भएछ क्यार
मुखबाट बगिरहने र्यालले
मुख हुदै छाती भिजिसक्यो
शरिरबाट बग्ने पिसाबले
सुरवाल भिज्दैभिज्दै घर दङदङ गनाइसक्यो
प्यासले घाँटी सुकिसक्यो अनि
भिक्ले भुँडी कराइसक्यो।
मेरो यो अवस्था बुझी
न त भाइ आउँछ
न त आमा नै
न त बुबा आउनुहुन्छ
न त अरु कोहि नै
सधैंभरि यस्तै एक्लै त हो म
फरक यति न हो कि
त्यो साचो कहिले ढिलो खुल्ल त
कहिले चाडै
जहिले घाम न अस्ताउदै खुल्ला त
कहिलेकाही रातको निन्द्रामा म उङ्दै।
साच्ची
आज त दशैको दिन
सबैले मैले जस्तो
रातो टीका अनि जमरा लाउने दिन
अनि सबैले मेरो भाइले जस्तै नयाँ लुगा लाउने दिन
येस्तो सबैलाई भेटी टीका लाउने दिनमा
म चै एक्लै बसिरहेको छु र
पोहोर साल झै रात पर्ने बेलामा मात्र खुल्ने त्यो
ढोकालाइ हेरि
कतिबेला रात पर्छ कुरि रहेछु।
कहिलेकाही मलाई लग्ने गर्छ
मेरा हातखुट्टा नचली बोली न आउनु दुख होइन
तर मेरा हातखुट्टा चल्दैन्न र बोल्न पनि सक्दिन भनी
एक्लै राख्दिनु अनि मलाई सबैले येस्तो अवस्थालाई नै ताकेर जिस्क्याउनु दुख हो
अनि घरमा सबै भएको बेला मलाई एक्लै कोठामै
थुनेर राख्नु दुख हो
अनि यो दसौं आउनु पनि दुख होइन तर
यो दसौंमा म एक्लै हुदै भोक प्यासले छट्पटीएर यताउता छट्पटिरहनु दुख हो
अनि सबैले झै मैले पनि आफ्नो ममिबाबाशीत बस्न नसक्नु दुख हो ।
मेरा चै ती दिन कहिले आउछन् ह?
जहाँ मेरा साथीहरु मेरा ओरिपरी बसुन
अनि २/४ कुरा मशीत गर्दागर्दै
मलाई थुप्रै कुरा सिकाउन
अनि यो व्हील चियरमा रखेर मलाई
यो घरबाट ताडा लगिदिउन
साच्चै मलाई त्यस्तो साथीहरूको साथ चाहिएको छ
जस्ले मलाइ घरदेखि समाजसम्म झोडाइदिन
सकोस
अनि यी दशै र यि तिहार
मेरो लागि चै कहिले आउलान ह?
जहाँ अरुसङ्गै म रमाउन सकू
अनि अरुले ज
आइदिए
अनि होलिमा मेरो अनुहार भरी रङ्ग दल्दिए
कस्तो हुन्थ्यो होला ?
त्यो भविले मेरो यस्तै भाग्य रेखा कोर्दिएर हो?
कि मैले पुर्वीया जन्ममा धेरै पाप गरेर हो?
म यस्तो भएको थाहा छैन मलाई
मेरा अरुसित हासेर खेलेर बस्ने रहर कहिलै पुरा नहुँदा
अनि म यो मान्छे नै मान्छेले भरिएको घर
घरै घरले भरिएको समाज
र समाजै समाज्ले भरिएको देशमा
मलाई चै कसैले नि
म एकलै भएको छु
म एक्लै भएको छु।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment