Tuesday, June 30, 2020

सलहले केही समयमै पारे मकैको बोट सकाप ।

No comments :
सलहले केही समयमै पारे मकैको बोट सकाप ।
लमही वडा नम्बर ८ मा भौका भनिने ठाउँमा सलह जातको फट्याङ्ग्राले आज १६ गते किसानहरूको बाली सखाप पारेको छ यसअघि यसरी बाली खाएको नेपालमा देखिएको थिएन।
यसअघि देशका विभिन्न भागमा देखापरे पनि यसरी बाली खाएको भन्ने खबर आएको थिएन ।
प्रिया स्मृति गजमेरले यस विषयमा आफ्नो फेसबुकमा एक मिनेट लामो भिडियो हाल्नु भएको छ ।



दाङको लमहीमा देखिएको सलह हजारौंको संख्यामा रहेको छन् । सलहले केही समयमा नै मकैको पात खाएर मकैको बोट नष्ट गरिदिएको भिडियो मा देखिन्छ ।



लकडाउन ले गर्दा सारा नेपालीले तीन महिनादेखि दुख पाइरहेका छन् र फेरी किसानहरुलाई प्रत्यक्षरुपमा मार्क पर्नेगरी सलह देश भित्रिएको छ जसको प्रभाव आम नेपाली जनतालाई पर्नेछ।


विज्ञहरुका अनुसार सलह करोडौँ संख्यामा एकैचोटी हिंड्छन् र नेपालमा देखिएको समूह ठुलो समुहबाट छुटेर आएको सानो समूह हो र नेपालमा धेरै असर नगर्ने बताएका छन् हावाको दिशा परिवर्तन भएसँगै सलह किरा नेपालबाट हराउने उनीहरूको भनाइ छ । आश गरौ नेपाल बाट चाडैं जानेछ नत्र नेपालमा अनिकाल पनि निम्त्याउन सकने छ्न।
सरकारले सलह नियन्त्रण गर्न ठोस कदम चाल्नु पर्ने देखिन्छ , किट्नास्क औषधि प्रयोग गर्दा अन्य चराहरुलाई र बाताबरणलाई नै आसर गर्ने देखिन्छ ।

No comments :

Post a Comment