Thursday, June 11, 2020

युवालाई सधैं भर्र्याङ्को रूपमा मात्र नहेरौ ।

No comments :
आर.सी अधिकारी लेख्नुहुन्छ 
विगतको इतिहासमा बन्द, हड्ताल, सभा, जुलुसको समयमा युवाहरुलाई सडकमा उतार्ने काम मात्रै भयो । तर, युवालाई केन्द्रीय राजनीति मार्फत नेतृत्व गर्ने भूमिका कहिल्यै दिइएन ।


२००७ सालको क्रान्तिदेखि २०३६ सालको विद्यार्थी आन्दोलन हुँदै ०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि ०६२/६३ सालको जनविद्रोह लगायत मधेस–थरुहट–जनजाति आन्दोलन सबैमा युवाले निर्णायक भूमिका निर्वाह गरेका हुन् ।



जब राजनीतिक सङ्घर्षमार्फत मुलुकमा रुपान्तरणको प्रक्रिया सुरु हुन्छ र नयाँ संरचना निर्माणको प्रश्न आउँछ, त्यहाँनेर भने युवाहरुको अर्थपूर्ण सहभागितालाई अस्वीकार गरिन्छ । अनि युवा आन्दोलनको बुइ चडेर डाडु पुनिउ आफ्नो हातमा लिने गरिन्छ। जहिल्यै पनि युवा लाई भर्र्याङ्को रूपमा प्रयोग गरेको पाइयो ।



हरेक आन्दोलनमा युवाहरु अरु बाट परिचालित हुन्थे भने अब आफै युवाहरु आफ्नै नेतृत्वमा गलत कार्यहरुको बिरोध गर्न थालेका छ्न जुन भर्खरै लकडानकै बेला युवाहरुद्वारा सरकारको आचारण विरुद्ध गरेको शान्तिपुर्ण नाराबाजीले प्रमाणित गर्छ जब युवाहरको जमात राज्नितिमा अगि बढछ तब देश समृद्धि तर्फ अगि लम्कन्छ ।


यदि साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवाको सक्रियता, सहभागीता र परिचालन बाट मात्र सम्भव छ ।

No comments :

Post a Comment