Saturday, June 6, 2020

हिजो जापान बाट कोरोना रोकथामको लागी महाबिर पुन्को राष्ट्रिय आविष्कार केन्द्रमा बनि रहेको बिभिन्न सामानहरु बनाउनको लागी चाहिने सामानहरु नेपाल एअरलाइन्सकोको फ्लाईट बाट काठमान्डू आइ पुग्यो.

1 comment :
हुर्रे - अब खुसीको समाचार सुन्नु होस्:




हिजो जापान बाट कोरोना रोकथामको लागी राष्ट्रिय आविष्कार केन्द्रमा बनि रहेको बिभिन्न सामानहरु बनाउनको लागी चाहिने सामानहरु नेपाल एअरलाइन्सकोको फ्लाईट बाट काठमान्डू आइ पुग्यो. ति सामानहरु मध्य मुख्य सामान स्वाब निकाल्ने सुईरो बनाउने 3D प्रिन्टर थियो जसको मुल्य करिब रु.१४ लाख परेको छ. ति सामानहरु किन्नको लागी मैले अमेरिकामा उठेको दान करिब रु. ८ लाख ल्याउने र बाँकी रकम जापानमा  सापटी अथवा दान लिने भन्ने थियो. तर जापानमा भएका दाताहरुले हामीले प्रिन्टर किन्नको लागी मात्र भनेर अनुरोध गरेको रकम भन्दा बढी दान संकलन गर्नु भएको हुनाले अरु धेरै सामानहरु पनि किन्न सकियो. सो काममा NRNA Japan, MRR Japan र अन्य दाताहरुले निम्न अनुसारको कुल जापानिज ¥ 1,927,080 दान गर्नु भएको छ जसको  नेपाली रुपैंया करिब  २१ लाख ३० हजार जति हुन्छ. 

ति सामानहरु जापानमा खरिद गर्नको लागी र प्याकिंग गर्न  Subash Gurung ले ५ दिन खटेर काम गरेका छन्. ति सामानहरुलाई टोक्यो बाट नारीता एयरपोर्ट सम्म पुर्याउन बिकास लम्साल भाईले सहयोग गरेका थिए.  एयरपोर्टमा पुगे पछि ति सामानहरुलाई हवाईजहाज सम्म पुर्याउनको लागी ४ जना जापानिज कर्मचारीहरुले ठुलो सहयोग गरेका थिए जसको लागी नेपाली दुताबासले समन्पय गर्व सहयोग गरेको थियो. नेपाल एयरलाइन्सले पनि झन्डै १६ ओटा प्याकमा रहेको  १६5 के.जी. सामानहरु पैसा नलिईकन फ्रिमा काठमाडौँ सम्म ल्याउन मदत गरेको थियो. सामानहरु काठमान्डू आईपुगे पछि एयरपोर्ट बाट छुटाउने काममा NRNA Japan ले ठुलो भूमिका निभाएका थिए. यसरी धेरै नेपाली र विदेशीहरुको सहयोगमा सो प्रिन्टर र अन्य सामानहरु आएको हो. 

आज राष्ट्रिय आविष्कार केन्द्रमा त्यो प्रिन्टरको परीक्षण हुँदैछ. त्यो प्रिन्टरको संचालन गर्नको लागी Zener Technologies का भाई Ramchandra Thapa र उनको टीमले मदत गर्नेछन.   यसरी बनेको स्वाब संकलन गर्ने सुईराहरु लाई सबभन्दा पहिला स्वास्थ्य मन्त्रालयमा लगेर प्रमाणिकरण गरिने छ र त्यस पछि सुईराहरु बनाएर स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिने छ.

दाताहरुको लिस्ट निम्न अनुसार छ.1. NRNA JAPAN - ¥ 1,312,080
2. MRR-GROUP - ¥ 400,000
3. Raj Kumar Lamichhane- ¥ 10,000
4. Nishan Gautam - ¥ 20,000
5. Goukal Chapagain - ¥ 5,000
6. Mina Pun - ¥ 20,000
7. Pritam Garbuja Pun - ¥ 50,000
8. Cha

1 comment :

  1. WOW!! its really a good news for all Nepalese. Hats off to Mahavir Pun.

    ReplyDelete